|

विद्यार्थी र आन्दोलन

Share with

यहि बुधबारको गोरखापत्रमा “सू प केन्द्रीय क्याम्पसमा ताल्चा” शीर्षकको समाचार पढ्दा अत्यन्त दुख लाग्यो । बिद्यार्थी आन्दोलन कति सस्तो र उछृङ्खल बन्दै गइरहेको छ भन्ने उदाहरणका रुपमा यस घटनालाई लिन सकिन्छ ।
विद्यार्थीका सामान्य प्रकृतिका समस्या र मागहरु सम्बोधन गर्नपनि कन्जुस्याईँ गर्ने प्रशासन र तिनै मुद्धालाई लिएर भोटेताल्चा झुन्ड्याउन पुग्ने बिद्यार्थीबीच अचम्मको तालमेल रहेको भान हुन्छ । समयमा कोर्ष नसकिएको, प्रश्नपत्रको मोडल दिनुपर्ने लगायतका सजिलै टुङ्ग्याउन सकिने बिषयमा पनि यो वा त्यो बहानामा बिद्यार्थीसँग सिँगौरी खेल्न पछि नपर्ने क्याम्पस प्रशासन र आफ्नो स्थापित्व देखाउन चाहने बिद्यार्थी संगठनहरु दुवैको रवैया टिठलाग्दो छ ।

आजको युगमा बिद्यार्थी र आन्दोलन एकअर्काका पर्याय बन्दै अगाडी बढ्नुपर्दछ । यद्यपि हरेक सानातिना मुद्दालाई लिएर आन्दोलनको परिणामका बारेमा सोच्दै नसोची लड्न मैदानमा ओर्लिइहाल्नु बिद्यार्थीका निम्ति पनि सुहाउँदो बिषय होइन । त्यसैले हरेक समस्याको समाधान वार्ता र छलफलको माध्यमबाटै टुङ्ग्याउने प्रणाली र संस्कार अवलम्बन गरौँ जसबाट दुवै पक्षलाई जीत जीत को स्थितिमा पु¥याउन सम्भव हुन्छ । साथै शैक्षिक वातावरण निर्माण गर्न मद्दत पुग्दछ र समुन्नत भविष्यको सपना साकार हुन्छ ।

(गोरखापत्र दैनिक पाठक आवाजमा प्रकाशित)

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *