पढेका दिन ः स्मरणमा संस्मरण
“आज अन्तिम दिन हो”, पढाइसकेपछि एकजना सरले भन्नुभयो र थप्नुभयो “अबदेखि तिमीहरु कहिले पनि यसरी सबै संगै बस्न पाउने छैनौ” । “किन सर ? कसरी सर ?” प्रश्न मेरो थियो तर सबैको मनको प्रश्न । “ल थाहा छैन तिमीहरुलाई ? भोलिदेखि तिमीहरुको छुट्टि छ अनि टेस्ट परीक्षाको तयारी गर्नु र एस एल सी को राम्रो तयारी गर्नु है ।” त्यो त थाहा थियो नै तर गाम्भिर्यताका साथ नलिइएको कुरा थियो, भोलीदेखि छुट्टीका रुपमा मात्र लिएका थिया“ै । प्रश्नवाचक जवाफ आउदै थियो । सरले भन्दै नै हुनुहुन्थ्यो तर एक जना साथी गलल्ल हा“स्यो, अकारण । हामीले साथीलाई हे¥यौ“ र सबै त्यो साथीको अनायाश हा“सोले सजाय पाउने शंकास्पद स्थितिमा बस्यौ । तर अचम्म भयो आज सर रिसाउनु भएन र सोध्नुभयो हास्नुको कारण ! साथिको उत्तर थियो कि, पहिले भन्दा पूरै फरक ढंगले आज सर कडाइको सट्टा ज्यादै भावुकता देखाउदै हुनुहुन्थ्यो । त्यसैले अनायाशै हासे“, माफ पाऊ ।

ब्याख्याभिब्यक्तिले शब्दमा बयान गर्न सम्भव नभएपनि यस श्री वीरेन्द्र उच्च माध्यमिक विद्यालयलाई, यहां भर्ना भएपछि सिकिएका तमाम ज्ञानपुञ्ज र ज्ञानज्योतिको भविष्यमा सही सदुपयोगबाट मात्रै, सम्मान गर्न सकिने ज्ञान ममा अहिले पलाइसकेको छ । सरले त्यो दिनलाई किन अन्तिम दिनका रुपमा प्रस्तुत गर्नुभयो भन्ने प्रश्न स्वतः उत्तरित पनि भइरहेको छ । साथै तमाम गुरुहरुको अपार मेहनत र अनुकम्पा नै विद्यार्थिको सबैभन्दा बृहत्त पूंजी रहेकोले नै त होला सबैभन्दा धनी विद्यार्थि हामी नै थियौ“ पनि । किनभने एकजना पूर्वका साथीले समेत यस विद्यालयको प्रसंसा यसकारण गरेका छन् कि मैले यहा“को बारेमा सत्य ओकलेको मात्र थिए र उनले दुखेसो पोख्दै भनेका थिए, “मैले पढेको स्कूल त तिम्रो जस्तो राम्रो रहेनछ मित्र !”
हीरक महोत्सवको सम्बन्धित सबैमा हार्दिक शुभकामना र बधाई दिंदै आज केही यस्ता अनुभवहरु, जसको बयान कथा झैं सरल र सरस होस् अनि अभिव्यक्ति नाटकीय नहोस् भनी यहां प्रस्तुत गरेको छु जो बुझाइमा पनि पाठक स्वयमको अवस्थानुरुप भिन्न रहने आशा छ ः–
एकदिन, प्रार्थना सकिएपछि हामी कुदाकूद गर्दै भ¥याङ उक्लिदै थियौ“ । केही समयपछि मैले वरिपरी हेरें, मानिसहरु थिए, कोठा बन्द थियो र कोही मेरो मुखमा पानी छर्कदै भन्दै थियो–“होश आयो ! होश आयो !” केही समय पछि थाहा भयो, म भ¥याङ उक्लिदा हताशमा भीडका कारण धकेलिएर नराम्ररी लडेछु र तत्काल कसैले बोकेर त्यहां पु¥याइएको रहेछु । म घाइते भएको थिए“ । यो पनि मेरो निम्ति शिक्षा नैै थियो, जहा“ मैले हताश गरेबाफत सजाय र धैर्यताको अलिखित पाठ पढ्ने अवसर पाए“ । यो एउटा दुर्घटना मात्र थियो बस, तर भावीले यो घटना घटाई केही पाठ अवश्य पढायो । अनि विभिन्न परिवेश र समयमा हामी आफ्नै गल्ती र असावधानीका कारण अनपेक्षित समस्या र दुर्घटनामा पर्न सक्ने भएकाले सावधानीको घण्टि बजाएर गयो ।
साथीहरुसंग घाम ताप्दै गुरुहरुसंग शिक्षा लिइएका ती तमाम दिनहरु यस विद्यालयको नाममा मेरो अन्तर्मनमा रहेका उत्कृष्ट दिनहरु हुन । गेटबाट भित्र छिर्नेबितिक्कै टलक्क देखिने कसैका महान वाणीहरु, जुन बालदरीको बाहिरपट्टी लेखिएका छन्, ती मेरा निम्ति अनौपचारिक गुरु बने र मेरा पथप्रदर्शक पनि ! हरेक साथीहरुबीच चल्ने शैक्षिक छलफल र बहस होस या सरहरुसंग विनाहिचकिचाहट गरिएका एकएक वार्तालापहरु सबै संजीवनीका रुपमा कति धेरै पिइए होलान यहा“को प्रसादका रुपमा ! कतिपय extra-curricular activities हरुमा भाग लिन पाउनु र आफ्नो मौलिक क्षमताको विकास गर्न पाउनु विद्यार्थीको हक हो भनी कुनै मञ्चमा भाषण गर्नेहरुका निम्ति प्रयोगशाला र ऐतिहासिकताको थलो हो यो विद्यालय, साक्षी म छु ! त्यसैले भौतिक, आर्थिक सीमितता र तमाम समस्याका बावजूद आजसम्म हजारौंको आंखामा ज्योति भर्न सफल यस विद्यालयलाई यही हीरकको अवसरमा कोटिकोटि प्रणाम !
कुनै विशिष्ट अवसर थियो, हाजिरीजवाफ प्रतियोगिता चल्दै थियो । म टोलीनेताका रुपमा टोली भाग लिएका थियौं । मेरो हाजिरीजवाफ प्रतियोगिका रुपमा यसपाली दोस्रो हुने पालो थियो ! अर्थात, रमाइलो पक्ष के थियो भने मैले यसपाली आफ्नो जीवनकै पाचौं हाजिरीजवाफ खेल्दै थिए“ । पहिलो पल्टको खेलमा छ टीममध्ये छैटौं, दोस्रो खेलमा छ टीममध्ये पाचौं, अर्काेपल्ट चौथो अनि तेस्रो भएको थिए र आज दोस्रो हुने विश्वास थियो । अन्तिम सम्म हाम्रो टोली एक नम्बरमा थियो तर अन्तमा हामी तत्क्षणका निम्ति नाटकीय रुपमा आफ्नै परम्परानुरुप आज दोस्रो भएका थियौ“ । प्रथम हु“दैगर्दा भूलबश चुकेका थियौ“ । अर्कोपल्ट भने प्रथम हुने पालो अनुरुप नै भएको थियो । जुन शिक्षाप्रद घटनाका रुपमा मेरो मानसपटलमा अझै तरोताजा छ । जीवनमा लगातारको मेहनतपश्चात मात्र अगाडी बढ्न सकिने रहेछ भन्ने यथार्थ मैले व्यवहारिक रुपमा आज भोगेको थिए“ । कुनै क्षणको हार अथवा जीत सधै“का निम्ति रहिरहने जड कुरा नभएको मैले चेतेको थिए“ । पाउनुपर्ने पाइछाड्ने र हुनुपर्ने भइछाड्ने रहेछ, हतारिनु औचित्यहीनताको बाटो हु“दो रहेछ, केवल कर्म गर्दै जानु मात्र हाम्रो कर्तव्य रहेछ । यही शिक्षा मेरो जीवनको मार्गदर्शनका रुपमा मैले अघि बढाएको पनि छु । जुन यसै विद्यालयको देन हो ।
एउटा विद्यालयको हकमा कतिपय यस्ता भौतिक वस्तुहरु जसलाई भौतिक पूर्वाधार पनि भन्न सकिन्छ, जस्तै कि पुस्तकालय, विभिन्न किसिमका प्रयोगशालाहरु र शौचालय लगायतको समेत पछिल्लो समयमा यस विद्यालयमा गुणात्मक रुपमा बृद्धि भएको मैले थाहा पाएको छु जसले अत्यन्तै खुसी पारेको छ । हाम्रो उच्च माध्यमिक विद्यालय आज बैतडी शिक्षा क्याम्पसका रुपका समेत प्रख्यात भइसकेको छ । शैक्षिक कृयाकलाप र वातावरण निर्माणमा सहयोगी यी महत्वपूर्ण पक्षहरु निर्माणमा र अझै यस दु्रत गतिमा सम्पन्न भएको तथ्य कम मेहनतको प्रतिफल नभएको सहजै बुझ्न सकिने भएकाले सम्बन्धित पक्ष अत्यन्त सह्राहनायोग्य छ । धन्यवाद र बधाइको लायक छ । साथै, सबै विद्यार्थी भाइबहिनीहरुलाई भविष्यको कुनै दिनमा यस विद्यालयलाई फर्केर हेर्न र अनुशासित एवं बौद्धिक खानीका रुपमा मौलिक ढंगबाट आफ्नो स्वविकास गर्न आवश्यक रहेको स्मरण गराउन चाहन्छु । त्यसकारण म एउटा पूर्वविद्यार्थीको नाताले यस विद्यालयसंग सम्बन्धित तमाम र सम्पूर्ण पक्षलाई अभिनन्दन टक्याउन चाहन्छु !

यस विद्यालयमा पढ्दा भएका तमाम अनुभवहरुमध्ये कतिपय ज्यादै खुसीभान गराउने खालका छन् त कति अत्यन्तै दुःखद, अकल्पनीय र अपूरणीय पनि छन । सबैभन्दा दुःखको क्षण शिक्षा दिवसको पुनित अवसरमा पर्न गएको थियो । हाम्रा परम मित्र तथा सङ्गी, जसस“ग धेरै खेलियो, कूदियो र अथाह कुरा सिक्ने अवसर पनि पाइन्थ्यो, तिनको देहावसान भएको खबर हामीले पायौ“ । अत्यन्त पिडावोध भयो । छा“गाबाट खसेझै“ अनुभव भयो, दिउ“सै आ“खामा कालो बादल मडारिएर आयो । तर फेरिपनि सत्य सत्य नै हुन्छ चाहे त्यो चरम सुख देओस् या चरम दुःख ! पढाइका अव्वल र व्यवहारमा उत्कृष्ठ स्वर्गबासी देवेश लेखकप्रति एक हितैसी मित्रको तर्फबाट हार्दिक श्रद्धा सुमन सहित श्रद्धान्जली अर्पण गर्दछु !
(हीरक बार्षिकोत्सव विशेषांक बालदीपिका २०७० मा प्रकाशित)
