प्रचण्ड, बाबुराम र बैद्यलाई एउटै खुला पत्र…
सर्वप्रथम त तपाईँहरुको सामुहिक नेतृत्वले नेपाली जनतालाई जुन मुक्तिको बाटोमा डटेर लड्न प्रेरित ग¥यो त्यसका निम्ति सम्पूर्ण उत्पिडीत जातजाति, भाषाभाषी, धर्म, क्षेत्र, वर्ण, लिङ्ग तथा सम्पूर्ण नेपाली जनता तपाईँका आभारी छन् । तर पछिल्लो समयमा परिस्थिति जुन किसिमले मोडिदै गएको छ त्यसप्रति, म एक सामान्य नागरिक भन्दा तपाईँहरु बढी चिन्तनशील बन्नुभएको हुनुपर्दछ भन्ने आशा लिएको छु ।
नेपाली समाज जुनबेला निरंकुस राजतन्त्रको बर्बरताबाट पिल्सिएको थियो त्यो बेला मुक्तिको महासंग्राम भनौँ वा जेहाद छेडेको भनुँ, आखिर जे भनेपनि सम्पूर्ण उत्पिडीत निहत्था जनतालाई तपाईँहरुको पूर्ण साथ र नेतृत्व रहेको थियो । त्यतिबेलाको तपाईँको एकमात्र उद्देश्य मुक्ति र समग्र सामाजिक, राजनितिक, आर्थिक छलाङ नै रहेको दिनको घामभैmँ स्पष्ट थियो । जसको परिणामस्वरुप संसारकै नौलो इतिहास रचयिता तपाईँहरु बन्नुभयो । किनभने बिद्रोही शक्ति शान्तिप्रक्रियामा आउने र निर्वाचन मार्पmत सबैभन्दा ठूलो पार्टीको नेतृत्वको अनुभव तपाईँहरुले नै बटुल्नुभयो । जसको बदलामा जनताको असीम साथ र समर्थन प्राप्त भएकै थियो, यद्यपि सबै जनता भने तपाईँको साथमा थिएनन्, जुन कुनै अनौठो तथ्य होइन ।
समयको प्रवाहसँगै नेपाली समाज रगतको खोलो छातिमा बगाउँदै अगाडी बढ्दै गयो । खोलामा धेरै पानी बग्यो, धेरै रगत र पसीना बग्यो । जब ती सम्पूर्ण संघर्षबाट आर्जित शक्तिलाई अझ शसक्त बनाउनुपर्ने र क्रान्तिको पहिलो अध्यायलाई अन्तिम धक्का दिनुपर्ने समय आयो तब बषौँको त्याग तपस्याबाट आर्जित जनविश्वाश पार्टी फुटले ध्वश्त नै पा¥यो । सम्पूर्ण नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्व माओवादीले मात्र गर्न सक्दछ भन्ने आधारहरु बन्दै जाँदा आफै फुट्नु तपाईँहरुको सबैभन्दा ठूलो गल्ती हो जुन तपाईँहरुले बुझ्नुभएको छ तर अभिब्यक्त गर्न सक्नुभएको छैन । यो गल्तीलाई सच्याउनुको विकल्प छैन । तसर्थ यो गल्तीलाई आत्मसाथ गर्दै दुइवटै माओवादी पार्टी एकीकरणको खाँचो समग्र राष्ट्रले अनुभूति गरिराखेको छ । तपाईँहरुको मिलन समग्र परिवर्तन पक्षधरको एउटा सामुहिक आह्वान हो । तर परिवर्तन नचाहाने सर्वहाराविरोधीहरुको एकमात्र उद्देश्य पनि तपाईँहरुलाई एक हुन नदिनु नै हो । तसर्थ तपार्इँहरुको फुट तपाईँहरुले नचाहाँदा नचाहाँदै पनि तिनै प्रतिक्रियाबादीहरुको पक्षमा सहयोगीको भूमिका खेलिरहेको छ ।
अहिलेको सबैभन्दा तीतो यथार्थ यही हो कि संविधानसभाको दोस्रो निर्वाचनमा कुनैपनि एक पक्षलाई छुटाउन मिल्दैे मिल्दैन तर त्यसकै तयारी हुँदै गइरहेको छ, किनभने त्यो पक्ष अर्थात नेकपा माओवादीले नेतृत्व गरेको मोर्चा आफै आफूलाई प्राप्त अधिकार प्रयोग गर्नबाट टाढा भाग्दै छ । अधिकारका निम्ति लड्ने तपाईँहरु अधिकार आफ्नै हातमा हुँदा त्यसलाई प्रयोग गर्न किन डराउनु हुन्छ ? संविधानसभाको निर्वाचन जस्तो समावेशी थलोमा यदि कोही छुट्न जान्छ भने त्यहाँबाट बन्ने संविधान पनि समावेशी हुन सक्तैन र समाबेशीताको बर्षाैको संघर्षबाट प्राप्त उपलब्धी गुम्ने खतरा रहन्छ । साथसाथै संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र संस्थागत जस्ता पेचिला र महत्वपूर्ण मुद्दाहरु कमजोर बन्दै जाने निश्चित छ, के तपाईँले चाहेको त्यही हो त ?
यद्यपि दोस्रो संविधानसभाबाट पनि संविधान नबन्ने पो हो कि भन्ने आशंका जायज छ । तर आशंकाको चौघेरामा सधैँभरी रुमल्लिएर बस्नुको के औचित्य छ र ? बैद्य ज्यू, केही दिन अगाडी केही पूर्वपञ्चहरुको लहरैमा तपाईँपनि बसेको फोटो देखेको थिएँ, जुन मेरो यो पत्र अंकुरणको विन्दु हो । के तपाईँ त्यहाँ बस्दा तपाईँको मनमा हुटहुटी चलेन ? सायद कमल थापा ज्यू हरुले केही दिनअगाडी तयाईँको पक्षमा बोलेको हुनाले आफ्ना शुभचिन्तक उहाँहरु नै हुन् भनेर पो सोच्नुभयो कि ? यदि त्यसो हो भने तयाईँ ठूलै भ्रममा हुनुहुन्छ है !
अर्को महत्वपूर्ण र अकाट्य तर्क के हो भने, प्रचण्ड, बाबुराम र बैद्य एकअर्काका पूरक भएर अगाडी बढ्दासम्म जुन रफ्तारमा सर्वहारा आन्दोलन अघि बढ्न सकेको थियो त्यो गति तपाईँहरुको बिभाजनपछि पलायन भएको छ । बाह्य आक्रमणले पनि त्यसपछि रफ्तार बढाएका हुन् । त्यसैले तपाईँहरु अभैmपनि एक नहुनु भनेको प्रतिगमनलाई खुला चुलेनिम्तो दिनु हो । नेपाली कम्युनिष्ट आन्दोलनलाई सफलताको सिंढीसम्म ल्याएर बेवारिसे छोडे बराबर हो ।
एकातिर, संविधानसभाको दोस्रो निर्वाचन नगरी देश अन्य बिकल्पमा जान सक्दैन, न त संक्रमणकालीन यथास्थितिमा लामो समय रहन नै सक्छ भने अर्कातिर कोही कसैलाई पाखा लगाएर निर्वाचन सफल हुनै सत्तैmन ! यदि निर्वाचन भइहालेपनि त्यसले अपेक्षित परिणाम दिन सक्दै सक्दैन । यही अहिलेको राष्ट्रिय जटिलता हो । त्यसैले अहिलेको एकमात्र बिकल्प तपाईँहरु सबै माओवादी एकीकरण भएर निर्वाचनमा जानु नै हो । त्यसो गरेमा तपाईँको पनि जीत हुनेछ, किनभने सबै नेपालीको जीतको बाटो त्यही हो ।
(गोरखापत्र दैनिकमा प्रकाशित)
