| |

ए नेपाली !

Share with

आज म जेहाद छेड्ने निस्कर्स मा पुगेको छु…….

हो मैले जहिले पनि समाज नै सबै भन्दा माथी हुन्छ र तेस्ले जे गर्छ त्यही अन्तिम सत्य हुन्छ भन्ने बिश्वास गरे, म गलत रहेछु !

आज म जेहाद छेड्ने निस्कर्स मा पुगेको छु, त्यो समाज जसले तेस्तो ब्यक्ती हरुलाई आफ्नो आदर्श मान्ने गर्छ जो फटाहा छन र फटाई नै गरे, गर्छन र गरिरहनेछन !

केहि बोलिएन भने,

म आज बोल्ने निस्कर्स निकालेको छु !

यो देशको बिभिन्न ठाउँमा आत्मिय इन्जिनीयर साथिहरु छन् । प्रतेक साथिलाई भेट्दा होस वा समाजिक सन्जालामा होस् वा टेलिफोनमा होस् मैले बिनम्रता पुर्वक भन्ने गरेको कुरा यही हो, “तपाईंको कार्य क्षेत्र लाई देशको उत्कृस्ट बनाउने गरी काम गर्नुस अनि सबैले देख्नेछन्”,

हो सम्भव छ !

तर, साथिहरुबाट पाउने प्रतिकृया सबैको उस्तै पाउने गरेको छु !

“यो ठाउमा मान्छे हरु सबै नेता नै नेता छन् राम्रो गर्ने भन्ने मा फिटिक्कै रुची राख्दैनन्, राख्दै राख्दैनन्,राख्दै राख्दैनन !”

के मा राख्छन त रुची ?

“कसरी ट्याक टुक ट्याक टुक गरेर पैसा बटुल्न सकिन्छ, कसरी भ्रस्टाचार लाई सस्थागत गर्न सकिन्छ” र यस्तै यस्तै नै !……….

ए नेपाली !!!

के तिमीहरुले यस्तै बद्मासी गरिरहेर अब को जटिल सन्सार सँग लड्न सक्ने सन्तती पैदा गर्न सक्छौ ?

के सोचेका छौ ???

के तिमीले आज गरेको कुकर्म ले तिम्रो सन्तती सुख पाउने वाला छ ?

छैन,

कदापी छैन !

यसकारण छैन कि अब को विस्व, जुन तिमीले मरेपछी सुरु हुनेछ ! र तिम्रा सन्तान ले तिमीलाई नै आमा को गाली दिएर रुदै रुदै सराप्ने छ !

सराप्ने यस्कारण छ कि, तिमीले साम, दाम, दण्ड, भेद गरी कमाएको त्यो थोत्रो पैसा केहि काम लाग्ने छैन,

यसकारण लाग्ने छैन कि सन्सार धेरै नै अगाडी बढिसकेको हुनेछ तर तिम्रो सन्तान आफ्नो अघिल्लो पुस्ता यानिकी तिम्रो पुस्ता हो मेरो पुस्ता, यस पुस्ता का सबै लाई धिक्कारी रहनेछ, त्यो बेला तिमीले अहिले आर्जेको जाबो पैसा मुल्यहिन हुनेछ !

त्यसैले इमानदार बन, मेरो लागी होईन तिम्रो सन्तान का लागि बन !

यही हो त्यो पुस्ता,

हो तिम्रो पुस्ता, हो मेरो पुस्ता, जस्ले बनाउनु छ ! यही हो त्यो पुस्ता !!!

जस्ले पुरानै ढर्‍राका सोच्ने सैलि त्यागी पुरानो सडेगलेको सोच र पैसा थुपार्न मरुन्जेल कसिने तिम्रो बानी अब त परिवर्तन गर्नुछ !

बिचार गर नेपाली…

हाे म कोही होईन तिमीलाई आदेश दिने तर तिम्रा सन्तान ले तिमीलाई गर्ने आमा गाली भन्दा मेरो यो आग्रह लाई गम्भिर बनेर सोच नेपाली,

यही २ पैसा को लागी हराम बन्छौ या सन्तान को भविस्य संसारले थुक्ने हैन सम्मान गर्ने बनाएर जान्छौ ???

के चाहान्छाै ?

साचै नै गम्भिर भएर सोच नेपाली !

नत्र तयार बस सन्तान को गाली खान, तिनलाई हुने हरेक पिडाको जिम्मेवार तिमी बन्ने वाला छौ !

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *